Logo

डिशहोम फाइबर नेटको सेवा विस्तार जारी : कलैया, लाहान, भैरहवा र टौदहमा विस्तार

डिशहोम फाइबर नेटको सेवा विस्तार जारी : कलैया, लाहान, भैरहवा र टौदहमा विस्तार



काठमाडौं । डिशहोम फाइबरनेटले उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना प्रयोगकर्ताहरूको माग पुरा गर्न सन् २०२० मा इन्टरनेट सेवा शुरु गरेको हो ।

डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।

देशको विभिन्न स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरि सकेको छ । नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हालै कलैया, लाहान, भैरहवा र टौदहमा पुगेको जानकारी बिक्री प्रबन्धक मनोज शर्माले दिए ।

नेपालका प्रमुख शहरहरु काठमाडौं, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, विरगञ्ज, धरान, जनकपुर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा र बिराटनगर लगायत अन्य स्थानमा पुगिसकेको छ । छिटै नेपालगञ्ज, धनगढी र नारायणघाटमा पनि छिट्टै पुग्ने कम्पनीले बताएको छ ।

डिशहोम फाइवरनेटले “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना संचालन गरेको छ । २०७८ असोज ११ गते देखि लागु हुने यो योजना अन्तर्गत डिशहोम फाइवरनेटको नयाँ कनेक्सन लिने चारजना भाग्यशाली ग्राहकहरू स्पेन घुम्न जान पाउने छन् । स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने डिशहोमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL