Logo

सामसुङ ए सिरिज अन्तर्गतको ग्यालेक्सी ए५२एस ५जी बजारमा, यस्तो छ मूल्य सूची

सामसुङ ए सिरिज अन्तर्गतको ग्यालेक्सी ए५२एस ५जी बजारमा, यस्तो छ मूल्य सूची



काठमाडौं । सामसुङले ए सिरिज अन्तर्गतको ग्यालेक्सी ए५२एस ५जी नेपाली बजारमा सार्वजनिक गरेको छ । ए५२एस ५२ को विरासतलाई आत्मसाथ गर्दै कम्पनीले थप सुविधाहरु समावेस गरी ग्यालेक्सी ए५२एस ५जी फोन बजारमा ल्याएको हो ।

यसमा क्वालकम स्न्याप ड्रागन ७७८जी प्रोसेसर, ओआईएसको साथ ६४ एमपी क्वाड क्यामेरा, १२० हर्ज रिफ्रेस रेटको साथ ६४ एमपी क्वाड क्यामेरा, १२० हर्ज रिफ्रेस रेटको साथ एसएएमओएलईडी डिस्प्ले आईपी६७, जस्ता विशेषताहरु विद्यमान रहेका छन् । यो फोनले फाइभजी ग्यारेन्टी प्रदान गर्ने कम्पनीले दावी ग्रेको छ ।

उत्कृष्ठ कार्यक्षमता र क्यामेरा भएको यस मोबाइलको नेपाली मूल्य ६जीबी र्याम प्लस १२८ जीबी मेमोरी सहितको ५३ हजार ९९९ रहेको छ भने ८ जीबी प्लस १२८ जीबी भेरियन्टको मूल्य ५५ हजार ९९९ रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL