Logo

सिट्रन सिफाइभ एयरक्रस नेपाली बजारमा, यस्ता छन् विशेषता

सिट्रन सिफाइभ एयरक्रस नेपाली बजारमा, यस्ता छन् विशेषता



काठमाडौं । फ्रेन्च मोटर कंपनी पुजोको नेपालका लागि अधिकारिक विक्रेता साग्रिंला मोटर प्राइभेट लिमिटेडले अर्को लोकप्रिय उत्पादन सिट्रनको विक्री प्रारम्भ गरेको छ ।

laxmi

यसअघि पुजोको विक्री साग्रिला मोटर प्रालिले सन् २०१७ देखि नेपालमा गर्दै आएको थियो । सिट्रन मोटर विगत १०० वर्ष भन्दाबढी समयदेखि उत्पादनमा आई सवारी साधनको क्षेत्रमा नयाँ इतिहास बनाएको छ । सिट्रनको स्थापना सन् १९१९ मा भएको थियो र सन् १९३४ सिट्रनले सर्वप्रथम ट्रयाक्सन एभान्ट मोडलको कारबाट मोटर जगतमा सर्वप्रथम फ्रन्ट व्हील ड्राइभ र फोर व्हील इन्डिपेन्डेन्ट सस्पेन्सन जस्तो आधुनिक प्रविधि भित्राएको थियो जुन वर्तमानमा सबै कारमा जडान हुन्छ ।

सिट्र«नकोे सोरुम अहिले थापाथलीमा राखिएको छ, जुन फ्रेन्च भाषामा घर भनिने ‘ला मेजोँ’ कलामा आधारित छ । यो नेपालमा भएका अरु सोरुमको तुलनामा आफ्नै मौलिकतायुक्त छ । सिट्र«न सिफाइभ एयरक्रस फ्रान्सबाट आयात गरिएको नेपालको पहिलो सिट्रन एस यू भी हो । सिफाइ एयरक्रस लाई १.६ लिटर पेट्रल इन्जीनले शक्ति प्रदान गर्दछ जसले १६५ एच.पि. को पावर र २४० एन.एम को टर्क प्रदान गर्दछ । सिट्रनको सबभन्दा मुख्य विशेषता यसको आरामदायी सवारी हो ।

यसमा जडान गरिएका ड्युल प्रोगेसिभ सस्पेन्सन कुशनले सिट्रन सिफाइ एयरक्रस चलाउने र यसमा यात्रा गर्नेलाई अत्यन्त आरामदायी अनुभव गराउँछ जसलाई कंपनीले फ्लाइङ्ग कारपेटको संज्ञा दिएको छ । सिफाइ एयरक्रस को अग्रीम बूकिङ्ग प्रारंभ भएको छ र हालको मूल्य रु. १ करोड ३५ लाख निर्धारण गरिएको छ । यही कम्पनीको सिट्र«न सि३ गाडी भारतमा तयार भई सन् २०२२ को पहिलो चौमासिकमा र फ्रान्समा बनेको सि४ इभी गाडी सन् २०२२ को मध्यतिर नेपाली बजारमा आउने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL