Logo

होण्डाको दसैं–तिहार योजना, बम्पर उपहारमा १ जनालाई १५ लाख नगद पुरस्कार

होण्डाको दसैं–तिहार योजना, बम्पर उपहारमा १ जनालाई १५ लाख नगद पुरस्कार



काठमाडौं । होण्डाका मोटरसाइकल तथा स्कुटरको खरिद गर्दा बम्परमा सहभागी १ जना भाग्यशाली ग्राहकले १५ लाखसम्मको नगद पुरस्कार प्राप्त गर्ने भएका छन् । होण्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले पुरस्कार पाउने भएका हुन् ।

उक्त योजनाअन्तर्गत सातै प्रदेशका ग्राहकले १–१ लाख नगद उपहार पाउने होण्डाले जनाएको छ । होण्डाले नेपालमै पहिलो पटक ७ प्रदेशलाई समावेश गरेर सो योजना ल्याएको हो ।

त्यस्तै योजनाको समय अविधिभर ग्राहकहरूले स्क्र्याच कुपनमार्फत हात खाली नजाने गरी १ लाख रुपैयाँसम्म नगद उपहार प्राप्त गर्नेछन् । साथै उक्त योजनाअन्तर्गत ग्राहकले ७ वर्षका लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गर्न सक्नेछन् । त्यस्तै होण्डा बिग बाइकको खरिदमा ४० हजारसम्मको क्यास ब्याक प्राप्त गर्छन् ।

त्यस्तै १ रुपैयाँको डाउन पेमेन्ट, १ रुपैयाँको ईएमआई र १ प्रतिशत ब्याजदरमासमेत होण्डा खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL