Logo

यामाहाको नयाँ शोरुम बल्खुमा : सेल्स, सर्भिस र स्पेयर पार्टसको सुविधा उपलब्ध

यामाहाको नयाँ शोरुम बल्खुमा : सेल्स, सर्भिस र स्पेयर पार्टसको सुविधा उपलब्ध



काठमाडौं । यामाहाले आफ्नो नयाँ शोरुम काठमाडौंको बल्खुमा संचालनमा ल्याएको छ । देशभर ९२ वटा शोरुमबाट सेवा प्रदान गर्दै आएको यामाहाले भदौ १४ गतेबाट बल्खुमा पनि नयाँ शोरुम संचालनमा ल्याएको यामाहाका प्रबन्ध निर्देशक विष्णु अग्रवालले बताए । शोरुममा बिक्रीको साथै स्पेयर पाटर््स र सर्भिसका सेवाहरु पनि उपलब्ध हुने उनले बताए ।

यस शोरुमको सर्भिस सेन्टरमा यामाहा एफआई स्टेसन पनि रहेको र जहाँ एफआई प्रविधियुक्त मोटरसाइकलहरूको नवीन प्रविधिद्वारा जाँच गरी हेल्थ कार्ड पनि निःशुल्क निकालिने कम्पनीले जनाएको छ । यसका साथै नेपाली बैज्ञानिक माहाविर पुनद्वारा निर्मित अटोमेटिक बाइक वाश गर्ने मेसिन जडान गर्ने मोरङ अटो वक्र्स नेपालकै पहिलो कम्पनी पनि बनेको छ ।

शोरुममा आजैबाट एक्सचेन्ज मेला पनि शुरु भएको छ जहाँ ग्राहकहरुले कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटरहरुमा बजार प्रचलित मुल्याङ्कन भन्दा थप १५ हजार प्राप्त गर्नेछन् । यसका साथै ७ हजार नगद छुट, शुन्य प्रतिशत ब्याज, न्यून डाउन पेमेन्ट र न्यून किस्ताका सुविधाहरु पनि ग्राहकहरुले प्राप्त गर्नसक्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL