Logo

रियलमको ‘रियलमी बड्स एयर २’ र ‘रियलमी बड्स एयर २ नियो’ नेपाली बजारमा

रियलमको ‘रियलमी बड्स एयर २’ र ‘रियलमी बड्स एयर २ नियो’ नेपाली बजारमा



काठमाडौं । विश्वमा तीव्र रुपमा आफ्नो बजार विस्तार गर्दै गएको रियलमीले नेपाली बजारमा ‘रियलमी बड्स एयर २’ र ’रियलमी बड्स एयर २ नियो ’ गरी दुई नयाँ स्मार्ट अडियो उपकरण उपलब्धताको घोषणा गरेको छ । बड्स एयरको दोस्रो संस्करणका रुपमा आएका यी दुबै उपकरणमा पहिलो संस्करणभन्दा थप अपग्रेड गरिएको कम्पनीले जनाएको छ ।

उद्योगको शीर्षस्तर अन्तर्गत अडियो गुणस्तर प्रदान गर्न यी बड्सहरु विश्वको टप १०० डिजे, सांगितिक समुह चैनस्मोकर्स र रियलमी म्युजिक स्टुडियोमा प्रयोग र प्रतिक्रिया बमोजिम डाएमण्ड आकारमा उच्च गुणस्तरको कार्वन बनावट रहेको छ । यी दुई नयाँ उच्च गुणस्तरका टीडब्लुएस बड्स एनएनसी प्रविधिमा आधारित छन् साथै २५ डिबीको ध्वनि ह्रास गर्ने तथा कम फ्रिक्वेन्सीका आवज÷हो । यसले हल्लालाई प्रभावकारी रुपमा कम गर्न सक्छ । यी नयाँ संस्करणमा ब्याट्रीको क्षमता, उच्चतम अडियो, डिजाइन आकर्षकतामा पनि सुधार गरिएको छ ।

हो–हल्लाको समस्या समाधान

सामान्यतया महँगा उपकरणमा मात्र उपलब्ध हुने गरेको नोइज क्यान्सलेसेन (अनावश्यक बाहिरी हो–हल्ला रद्द) प्रविधि रियलमीले औषत बर्गका प्रयोगकर्ताको लागि पनि किफायती रहेको रियलमी बड्स एअर २ मा यो प्रविधी ल्याएको छ । रियलमी बड्स एयर २ र एयर २ नियोले २५ डिबीसम्म नोइज क्यान्सलेसन गर्न सक्दछ र प्रायः कम प्रवृत्तिको ध्वनि फिल्टर गरी मूल आवाजभन्दा बाहिरको यातायात, हवाइजहाज लगायतका अन्य वस्तुको आवाज हटाएर ध्वनिमा हुने समस्या समाधान गर्दछ । उत्कृष्ट रुपमा ध्वनिको समस्या हटाउनका लागि यसमा आर २ चिपको प्रयोग गरिएको छ । यसले सक्रिय आवाज अर्थात् मूल आवाजलाई समर्थन गरेर बाह्य हो–हल्ला रोक्न मद्दत गर्छ । उत्कृष्ट कम्प्युटिङ प्रदर्शन, उच्चतम ब्याट्री प्रभावकारिता, थप स्थिर जडान र उच्च गुणस्तरीय कलका लागि यसले उत्कृष्ट भूमिका निर्वाह गर्दछ ।

ट्रान्सपरेन्सी मोड बडस् एयर २ र बडस् एयर २ नियो दुबै उपकरणका लागि थप फिचर हो । यसलाई सक्रिय गरेर उपभोक्ताले माइक्रोफोन मार्फत बाह्य आवाज सुन्न सकिन्छ र सजिलैसँग एअरफोन ननिकाली बाहिर अरुसँग सजिलै कुरा गर्न सकिन्छ । ताररहित यी दुबै एयरफोनहरु ध्वनि पिकअपका लागि डबल माइक्रोफोनले सुसज्जित छन् । वातावरणीय हल्ला कम गरी वरपरको आवाजलाई घटाएर स्पष्ट रुपमा अर्को व्यक्तिले बोलेको कुरालाई सुन्न सकिने प्रविधीमा यी संस्करणहरु पहिला भन्दा अहिले निकै उत्कृष्ट छन् ।

ट्रेन्ड सेटिङ्ग डिजाइन

आधुनिक युवाका लागि एयर बड्स एक फेसन उपकरण पनि हो । संगीत सुन्न, फोन गर्न वा चलचित्र हेर्न अन्य उपकरण भन्दा थप आकर्षणका रुपमा यसको विकास हुँदै गएको छ । यसका प्रयोगकर्ता बढ्दो दरमा रहेकोमा एयर बड्सले उपभोक्ताको व्यक्तित्व र मनोवृत्तिको प्रतिनिधि गर्दै व्यक्तित्व आकर्षक बनाउन सहयोग पुर्याउँछ । जसरी टोपी, कपडा र जुत्ताले व्यक्तित्व आकर्षक बनाउँछ त्यसै रुपमा एयर बड्स देखिएको छ । जसकारण कम्पनीले बड्स एयर २ का नयाँ संस्करणका यी दुबै उपकरणलाई विगतका अनुभव र उपभोक्ताको आवश्यकता अनुरुप प्रस्तुत गरेको छ । बड्स एयर २ हेर्दा पनि उत्तिकै आकर्षक र सुन्दर देखिन्छ ।

अघिल्लो संस्करणभन्दा यसको डिजाइनमा थुप्रै फिचरहरु थप गरिएको छ । यो आधुनिक दुई टोन कलर स्प्लिसिंगमा डिजाइनमा उपलब्ध छ । कालो र नीलो तथा चाँदी र सेतो कलरमा उपलब्ध बड्स एयर निकै आकर्षक छ । यसको विशेष आकार र चम्किलो बनावटले यसलाई एक किसिमको स्टाइल आइकन हुने विश्वस्त छ । नयाँ संस्करणका यी दुबै उपकरणमा रड आकारबाट परिवर्तन गरी सिमी आकारमा लगेको छ । साथै ग्लिमिंग मिरर टेक्नोलोजीद्धारा विभिन्न कोणबाट हेर्दा विभिन्न रंग झल्काउनाले यसलाई अझ आकर्षक बनाइएको छ ।

हरेक पक्षमा असाधारण सुधार

रियलमी बड एयर २ नियो चौतर्फी अपडेट गरिएको छ । यो सामान्यतया २८ घण्टासम्म र एएनसीका साथ २० घण्टासम्म निरन्तर प्रयोग गर्न योग्य छ । जुन अघिल्लो संस्करणको तुलनामा ६५ प्रतिशतले बढी हो । रियलमी बड् २ ले २५ घण्टासम्म आफ्नो क्षमता विकास गरेको छ । यसबाहेक गेम मोडमा बिलम्वता ८८ मिली सेकेण्ड छ भिडियो एसिन्क्रोनी, खेलमा हुने विलम्वता, डिस्कनेक्सन तथा अन्य समस्याहरुमा पनि व्यापक सुधार गरिएको कम्पनीले जनाएको छ । आईपीएक्स ५ को वाटरप्रुफ रेटिंग रियलमी लिंक एपका साथ अनुकूल बनाउन खोजिएको छ ।

अन्ततः एएनसी अन÷अफ, इन्टर÷एक्जिट, गेमिङ मोड, ईक्यु सेटिङ नियन्त्रण थप इन्टिलिजेन्ट टच कन्ट्रोल, स्मार्टवेयर डिटेक्सन, गुगल फास्ट पेयर र अन्य फिचरहरु पनि उपलब्ध रहेको छन् । अग्रगामी प्रविधिका रुपमा लोकप्रिय बन्दै गएको रियलमी विश्वव्यापी रुपमा आफ्ना प्रयोगकर्ताहरुलाई प्रविधिको अधिक र उत्कृष्ट अनुभव प्रदानका लागि कटिवद्ध रहेको छ । यसैका लागि नै कम्पनीले रियलमी बड्स एयर २ र बड्स एयर २ नियोलाई सार्वजनिक गरेको हो । जसले सक्रिय स्वर रद्द प्रविधिलाई नयाँ र फरक रुपमा विकास गरेको छ, बाह्य ध्वनि कम गरी हल्ला रद्द प्रविधिको प्रयोगका रुपमा उपभोक्ताको प्रयोगलाई विश्वका शिर्ष १०० डिजेको सहकार्यका साथ शानदार बनाएको छ । आगामी दिनमा रियलमीले एआईओटी उद्योगमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने लक्ष्य लिएकोमा स्मार्ट र स्टाइलिस डिजाइनका उपकरणको उत्पादन गर्नमा जोड दिने र यसका लागि आवश्यक लगानी गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL