Logo

अक्सिजन फर नेपाल अभियानले फ्रान्सबाट १० वटा अक्सिजन जेनेरेटर युनिट नेपाल ल्याइँदै, विभिन्न कर्पोरेट कम्पनीको सहकार्य

अक्सिजन फर नेपाल अभियानले फ्रान्सबाट १० वटा अक्सिजन जेनेरेटर युनिट नेपाल ल्याइँदै, विभिन्न कर्पोरेट कम्पनीको सहकार्य



काठमाडौं । अक्सिजन फर नेपाल अभियानले फ्रान्सबाट १० वटा अक्सिजन जेनेरेटर युनिट नेपाल ल्याउने भएको छ । वृहत नागरिक समाजको पहलमा उक्त उपकरण ल्याउन लागिएको हो । कोभिड–१९ महामारीलाई सम्बोधन गर्न नागरिक समाज तथा निजी क्षेत्रका प्रतिष्ठित संघ/संस्थाहरुको अभियानद्वारा उक्त अक्सिजन जेनेरेटर ल्याउन लागिएको हो ।

अमेरिकी नेपाल मेडिकल फाउन्डेशन, बतास फाउन्डेशन, क्रिएशन, ह्युमानिटी फाउन्डेशन नेपाल, मिसन रिविल्ड नेपाल, जगदम्बा स्टील र स्याकर ट्रेड कम्पनी प्रालिको संयक्त सहकार्य र अन्य संस्थाको सहयोगमा उक्त जेनेरिट ल्याउन लागिएको अभियानले जनाएको छ ।

कोभिड–१९ को महामारीमा गम्भीर विरामीको उपचारका लागि देखिएको अक्सिजन अभाव पूरा गर्न अक्सिजन जेनेरेटर युनिटहरुको पनि आवश्यक महसुस गर्दै समाजले ती उपकरण नेपाल ल्याउन लागेको हो ।

ल्याउन लागिएका अक्सिजन जेनेरेटर युनिट मध्ये एउटा अक्सिजन जेनेरेटरले २४ घण्टामा १५ वटा २७ लिटरको सिलिन्डर भर्ने र ५० वटा बेडमा सेवा दिन सक्ने जनाइएको छ । त्यस्तै, १० वटा अक्सिजन जेनेरेटरले एक मिनेटमा ३ सय ७५ लिटर अकिसजन उत्पादन गर्ने जनाइएको छ । १० अक्सिजन सिलिन्डरले दिएनमा ६ सय ५० संक्रमितलाई जीवन रक्षाका लागि अक्सिजनको आपूर्ति गर्न सकिने देखिएको छ ।

अभियानका अनुसार उक्त अक्सिजन जेनेरेटर युनिट देशका सातै प्रदेशमा स्थापना गरिने छ । जडान गर्ने स्थानसम्म लगिसकेपछि ३ दिनभित्र अक्सिजन जेनेरेटर प्लान्ट स्थापना गरिसकिने छ ।

स्याकर ट्रेड कम्पनी प्रालिका अध्यक्ष सौरभ ज्योतिले महामारीका लागि अक्सिजनको व्यवस्थापनमा कम्पनीले अन्य संघसंस्थासँगको हातेमालोमा काम गर्न पाएकोमा खुसी व्यक्त गरे । राष्ट्रलाई समस्या परेको बेला सहयोग गर्न तत्पर रहेको पनि उनले बताए ।

क्रियसनका संस्थापक अध्यक्ष आनन्द मिश्रले ससानो हातेमालोबाट सुरु भएको यो अभियानले आँटे जस्तो सुकै ठूलो चुनौतीको पनि सामना गर्न सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL