Logo

एचआईडीसीएललाई ११ कराेड कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति

एचआईडीसीएललाई ११ कराेड कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति



काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले हकप्रद (राइट) सेयर निष्कासन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आइतबार कम्पनीलाई हकप्रद सेयर निष्काशनका लागि अनुमति दिएको हो ।

laxmi

कम्पनीलाई बोर्डले ११ अर्ब रुपैयाँको ११ करोड कित्ता सेयर निष्कासनका लागि अनुमति दिएको हो ।

कम्पनीको सेयरधनीको नाममा रहेको १ कित्ता सेयर बराबर १ कित्ता नै हकप्रद सेयर दिने गरी सेयर निष्काशनको अनुमति पाएको हो । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले विभिन्न जलविद्युत् आयोजनामा लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL