Logo

एचआईडीसीएलको नाफा ८.९४ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता छन् ?

एचआईडीसीएलको नाफा ८.९४ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता छन् ?



काठमाडौँ । हाइड्रो इलेक्ट्रिीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले चालु आर्थिक वर्ष २०७८-७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त अवधिमा कम्पनीले ६९ करोड ६१ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको छ ।

laxmi

जुन गत वर्षको तेस्रो त्रैमासको तुलनमा ८.९४ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ६३ करोड ८९ लाख ९० हजार रुपैयाँ नाफा कमाएको थियो ।

चालु आवको नौ महिनामा कम्पनीले ग्राहकसंगको सम्झौताबाट भएको आम्दानी ६६३.३८ प्रतिशतले वृद्धि भई २१ लाख ६८ हजार रुपैयाँ पुगेको छ ।

उक्त अवधिमा कम्पनीको वित्तीय आम्दानी ९.६० प्रतिशतले वृद्धि भई १ अर्ब ८ करोड २६ लाख २९ हजार रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पुँजी १८ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।

कम्पनीको रिजर्भ भने २ अर्ब ९५ करोड ६३ लाख ९ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाा ९६ पैसा र प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ २३ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL