Logo

आइएमई मोटर्स र समृद्धि फाइनान्सबीच अशोक लेल्यान्डका सवारीमा कर्जा सुविधा सम्झौता

आइएमई मोटर्स र समृद्धि फाइनान्सबीच अशोक लेल्यान्डका सवारीमा कर्जा सुविधा सम्झौता



काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र आइएमई मोटर्स लिमिटेड बीच अशोक लेल्यान्डका हलुका सवारी कर्जा सम्बन्धि सम्झौता भएको छ ।

laxmi

सम्झौता अन्तर्गत आइएमईका ग्राहकले सवारी साधनको मूल्यको ७० देखि ८० प्रतिशतसम्मको सवारी कर्जा समृद्धि फाइनान्सबाट लिन सक्नेछन ।

सो कर्जाको अवधि ५ देखि ७ वर्ष को हुने र उक्त कर्जा सुविधा फाइनान्सको जुनसुकै शाखाहरुबाट लिन सकिने कम्पनीले जनाएको छ । समृद्धि फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनी र आइएमई मोटर्सका सञ्चालक सुमन पोखरेलले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL