Logo

चिरख्वा हाईड्रोको आइपीओ आउँदैं, आरबिबि मर्चेन्ट बिक्री प्रबन्धकमा नियुक्त

चिरख्वा हाईड्रोको आइपीओ आउँदैं, आरबिबि मर्चेन्ट बिक्री प्रबन्धकमा नियुक्त



काठमाडौं । चिरख्वा हाईड्रो पावर कम्पनीले १२ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । सो मात्राको आईपीओ निष्काशन गर्न कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको हो ।

laxmi

सो सम्झौता पत्रमा चिरख्वा हाईड्रो पावरको तर्फबाट संचालक केदारनाथ कार्की र आरबिबि मर्चेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।

भोजपुर जिल्ला षडानन्द नगरपालिकास्थित ४ दशमलव ७ मेगावाटको चिरख्वा हाईड्रोले एक सय रुपैयाँ अंकित दरका १२ लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL