काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले सेवाप्रदायकसँग लिनुपर्ने रेडियो फ्रिक्वेन्सी दस्तुर निर्धारण गरेभन्दा कम लिएको पाईएको छ । प्राधिकरणले सेवाप्रदायकबाट कुल आम्दानीको शुन्य दशमलव ४ प्रतिशत रेडियो फ्रिक्वेन्सी दस्तुर लिनुपर्ने भएपनि २ सेवाप्रदायकसँग सो भन्दा कम लिएको महालेखा परिक्षक कार्यालयको ५६ औं बार्षिक प्रतिवेदनले औंल्याएको हो । प्रतिवेदनले दूरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी (बाँडफाँड तथा मूल्यसम्बन्धी) नीति,…