Logo

आईस्पानद्धारा प्राधिकरणमा ज्ञापनपत्र दायर, ‘फ्रिक्वेन्सी’ अक्सन प्रक्रियाबाटै दिन माग

आईस्पानद्धारा प्राधिकरणमा ज्ञापनपत्र दायर, ‘फ्रिक्वेन्सी’ अक्सन प्रक्रियाबाटै दिन माग



काठमाडौं । नेपाल ईन्टरनेट सेवा प्रदायक संस्था आईस्पानले नेपाल दूरसंचार प्राधिकरणमा ज्ञापनपत्र बुझाएको छ । संचार तथा सुचना प्रविधि मन्त्रालयले प्रभु टेलिभिजनलाई बीना प्रतिश्पर्धा ईन्टरनेट संचालनका लागि फ्रिक्वेन्सी दिएको भन्दै प्राधिकरण घेराउ गरेको संघले प्राधिकरणका कार्यबाहक अध्यक्ष पुरुषोत्तम खनाललाई शुक्रबार ज्ञापनपत्र बुझाएको हो ।

laxmi

आफुहरुले बर्षाैँदेखि संघर्ष गर्दापनि फ्रिक्वेन्सी नपाएको तर प्रभु टिभीलाई भने विना प्रतिश्पर्धानै ४० मेगाहर्ज फ्रिक्वेन्सी मन्त्रालयले नै दिएको हुनाले प्राधिकरण घेराउ गरिएको आईस्पानका अध्यक्ष भोजराज भट्टले जानकारी दिए । उनका अनुसार हालसम्म मन्त्रालयले रेडियो फ्रिक्वेन्सीका लागि मात्रै दिनुपर्ने भएपनि ईन्टरनेटका लागि अनुमति दिएकोमा आफुहरुको आपत्ती भएको जानकारी दिए ।

हाल मन्त्रालयले टिभीको फ्रिक्वेन्सीको लागि र रेडियो फ्रिक्वेन्सीका लागि अनुमती दिने गरेको छ । प्राधिकरणले ईन्टरनेट सेवाको लागि फ्रिक्वेन्सी दिनुपर्ने भएकाले प्रभु टेलिभिजनलाई दिएको फ्रिक्वेन्स पनि लिलामी प्रकृयामा जानुपर्ने माग राखेका छन ।

शुक्रबार संघको ज्ञापनपत्र बुझ्दै प्राधिकरणका कार्यबाहक अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणले यसमा सकेसम्म मन्त्रालयसंग छलफल गर्ने बताएका छन । उनले मन्त्रालयले यसो गरेको होकी होईन भन्ने कुरा पुष्टी हुनुपर्ने बताउँदै मन्त्रालसँग अनुरोध गरिने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL