Logo

सरकारले बन्द गर्याे ‘पब्जी’,सबै सेवाप्रदायकलाई प्राधिकरणको सर्कुलर

सरकारले बन्द गर्याे ‘पब्जी’,सबै सेवाप्रदायकलाई प्राधिकरणको सर्कुलर



काठमाडौं । सरकारले पब्जी खेलमा प्रतिबन्द लगाएको छ । अपराधिक क्रियाकलाप तथा विकृती बढेको भन्दै काठमाडौं जिल्ला अदालतले नेपालमा यो खेल बन्द गर्न आदेश दिएको हो ।

laxmi

अपराधिक क्रियाकलाप बढेको भन्दै जिल्ला अदालतको आदेश बमोजिम नेपाल प्रहरीको अनुरोध अनुसार नेपाल दूरसंचार प्राधिकरणले सबै सेवाप्रदायकलाई उक्त खेल बन्द गर्न आग्रह गरेको हो ।

‘विकृती बढेको भन्दै जिल्ला अदालत काठमाडौंमा आएका रिट अनुसार प्रहरीले हामीलाई बन्द गर्न अनुरोध गरेपछि हामीले बन्द गरेका हौं,’ प्राधिकरणका कार्यबाहक अध्यक्ष पुरुषोत्तम खनालले भने, ‘हामीले आजै सबै सेवाप्रदायकलाई ईमेलमा उक्त खेल बन्द गर्न चिठी पठाईसकेका छौं ।’

पछिल्लो समय विश्वमा नै पब्जी खेलले धेरै नै हानी गरेको भन्दै गुनासोहरु बढ्न थालेपछि प्रहरीले पनि यसको समाधान खोजिरहेको बेला अदालतले नै यो बन्द गर्न निर्देशन दिएको हो । जिल्ला अदालत काठमाडौंमा यसैका विरुद्ध धेरै नै रिट दायर भएको खुलेको छ । सोही अनुसार अदातले नै उक्त खेल बन्द गर्ने प्रहरीलाई आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL