काठमाडौं । काठमाडौंका मूख्य सडक असारभित्रै झिलिमीली हुने भएका छन् । काठमाडौं महानगरपालिकाले सहरका प्रमुख सडकलाई लक्षित गरेर सोलार जडानलाई गति दिएपछि रातको समयमा सडक उज्याला हुनेछन् । महानगरपालिकाले सोलार जडानको जिम्मा दिएको कम्पनी बीके ट्रेडर्स एण्ड सप्लायर्सले असारभित्रै काम पुरा गर्ने लक्ष्य राखेको निर्देशक रोशन श्रीवास्तव बताउछन् । ‘अहिलेसम्म सात सयओटा सोलार प्यानल जडान…