Logo

पुरातत्वले पठायो धरहराको ‘ड्रइङ डिजाइन’, के गर्दैछ टेलिकम ?

पुरातत्वले पठायो धरहराको ‘ड्रइङ डिजाइन’, के गर्दैछ टेलिकम ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पुरातत्व विभागले नयाँ बन्ने धरहराको ड्रइङ डिजाइन तयार भएको छ । भुकम्पले भत्काएको धरहराको पुनर्निर्माणका लागि पुरातत्व विभागले डिजाइन तयार गरेर नेपाल टेलिकमलाई दिएको हो । सो डिजाइनबारे छलफल भइरहेको नेपाल टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले जानकारी दिए । ‘विभागले पठाएको डिजाइनलाई अन्तिम रुप दिने गरी धरहरा निर्माण गर्ने बारे छलफल हुँदै छ,’ उनले भने ।

उनका अनुसार शुरुमा सो डिजाइन टेलिकम सञ्चालक समिति बोर्डले पास गर्नुपर्छ । बोर्डले डिजाइन हेरेर कुन मोडलमा कसरी जाने भन्ने बारे निर्णय गरेपछि थप प्रक्रिय अघि बढाइने सहायक प्रवक्ता अधिकारीले जानकारी दिए ।

पुरातत्व विभागका अनुसार धरहरा पुर्ननिर्माणको जिम्मा टेलिकमलाई दिन पर्यटन, संस्कृति तथा नागरिक उड्ययन मन्त्रालय र सूचना तथा संचार मन्त्रलायबीच सम्झौता पत्र तयार गरिँदै छ । सञ्चार मन्त्रालय र संस्कृति तथा नागरिक उड्डयन बीच सम्झौता भएपछि निर्माणको काम अघि बढाइने अधिकारीले बताए ।

सरकारले शुरु गरेको ‘मेरो धरहरा मै बनाउछु’ अभियानमा करिब १० करोड रुपैयाँ रकम जम्मा भएको छ । जबकी धरहरा पुनर्निर्माणका लागि ३ अर्ब रुपैयाँ लाग्ने अनुमान पुरातत्वले गरेको छ । त्यसो त धरहरा पुनर्निर्माणका लागि धेरै निजी कम्पनीहरुले इच्छा देखाएका छन् । सो अभियान अन्तर्गत जम्मा भएका बाहेकका आवश्यक रकम नेपाल टेलिकमले उपलब्ध गराउने छ ।

धरहराको पहिला रहेको जग्गामा नै पुनर्निर्माण गरिने भनिएपनि पछि गोस्वारा हुलाक र टक्सारको जग्गामा पनि बनाउने निर्णय भएको हो । धरहरा रहेको ६ रोपनी र हुलाक तथा टक्सारको गरी करिव ४२ रोपनी जग्गामा धरहरा बन्ने भएको छ ।

सरकारले ती दुई कार्यालयलाई अन्यत्र जग्गा उपलब्ध गराइदिनेछ । धरहरा पुरानै स्वरुपको हुने भएपनि विशेष सुविधाजनक हुनेछ ।

कस्तो बन्ने छ नयाँ धरहरा ?

नयाँ बन्ने भनिएको धरहरामा छुट्टै म्यूजिएम बनाइने छ । जहाँ पुरानो सिक्का छाप्ने मेसिन राखिने छ । सो म्यूजियममा जाने बाटोमा ५० फिट अग्लो पानीको फोहोरा समेत राखिने छ । धरहरा २ सय ४५ फिटको बनाइने छ । १० औं तलामा राखिने मिनी थिएटरबाट धरहराको इतिहासबारे भिडियो देखाइने छ । त्यस्तै पारदर्शी लिफ्टको प्रयोग गरिनेछ । धरहरामा १ सय ४३ ओटा गाडी पार्क गर्न मिल्ने पार्किङ बनाइने छ ।

भुइचालोले भत्काएको धरहरालाई जस्ताको तस्तै राखेर त्यही स्वरूपको नयाँ बनाउने गरी डिजाइन गरिएको हो । पहिलो चरणमा भने भत्केको धरहराको क्षेत्रलाई सफा गरिनेछ । भत्केको ठाउँ रातो देखिएको छ ।

अबको करिब साढे २ बर्षभित्र धरहरा निर्माणको लक्ष्य राखिएपनि भएपनि हालसम्म काम शुरु भएको छैन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL