काठमाडौं । पेट्रोलियम उत्खननका लागि चिनियाँ टोली बैशाख महिनाभित्रै नेपाल आउने भएको छ । दैलेखको पादुकामा पेट्रोलियम पदार्थको सम्भाव्यता देखिएपछि चिनियाँ सरकारकै सहयोगमा उक्त स्थानमा पेट्रोलियम पदार्थको अध्ययन तथा अन्वेषणका लागि चिनियाँ टोली नेपाल आउन लागेको हो । हालसम्म नेपालका विभिन्न स्थानमा पेट्रोलियम पदार्थको सम्भाव्यता भएको पत्ता लगाइएपनि सोही अनुसार अनुसन्धान भने गर्न सकिएको थिएन…