काठमाडौं । माइक्रोम्याक्सको क्यानभास क्यु३८२(क्यानभास जुस ४) नेपाली बजारमा भित्रिएको छ । यो फोन एण्ड्रोइड ५ दशमलव १ ललिपप अपरेटिङ सिस्टमद्धारा सञ्चालित छ । बजारमा उपलब्ध अरु स्मार्टफोनहरु भन्दा उत्कृष्ट अपरेटिङ सिस्टम रहेको कम्पनीको दावी छ । यस फोनमा १ दशमलव १ गिगाहर्जको क्वाडकोर प्रोसेसर छ ,जसले फोनलाई छिटो र बढी सक्षम बनाउन मद्दत गर्छ…