काठमाडौँ । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का अध्यक्ष तथा नवगठित आठ दलीय गठबन्धनका नेता शहबाज सरिफ दोस्रो पटक पाकिस्तानको प्रधानमन्त्री बनेका छन् ।आइतबार नेशनल एसेम्बलीको बैठकमा भएको मतदानमा २०१ मत पाएर शहबाज प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनी पाकिस्तानको २४औं प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनले नेशनल एसेम्बलीलाई सम्बोधन गरिरहदा इमरान खान समर्थित…