Logo

पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज सरिफ निर्वाचित

पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज सरिफ निर्वाचित


bizkhabar
378
Shares

काठमाडौँ । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का अध्यक्ष तथा नवगठित आठ दलीय गठबन्धनका नेता शहबाज सरिफ दोस्रो पटक पाकिस्तानको प्रधानमन्त्री बनेका छन् ।
आइतबार नेशनल एसेम्बलीको बैठकमा भएको मतदानमा २०१ मत पाएर शहबाज प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

laxmi

उनी पाकिस्तानको २४औं प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनले नेशनल एसेम्बलीलाई सम्बोधन गरिरहदा इमरान खान समर्थित संसदहरुले विरुद्ध गर्दै संसदमा नाराबाजी गरिरहेका छन् । इमरान खानको पार्टी पीटीआई समर्थक उम्मेदवार ओमार अयुब खानले भने ९२ मत पाएको पाकिस्तानी मिडिया द डनले उल्लेख गरेको छ ।

शाहबाजलाई लै सम्पन्न निर्वाचनमा दोस्रो ठुलो दल बनेको बिलावल भुट्टो जरदारीको पार्टी पाकिस्तान पीपुल्स पार्टी (पीपीपी) सहित सात दलले समर्थन गरेका छन् । शहबाजको पार्टी पीएमएल- एन र पिपिपिबीच असिफ अली जरदारीलाई राष्ट्रपति बनाउने सहमति भएको छ ।

पाकिस्तानको नेशनल एसेम्बलीका सभामुख अयाज सादिकले दुवै पक्षका नेताहरूको उपस्थितिमा गरिएको जाँचपछि दुवैको उम्मेदवारी वैध घोषित गरेपछि मतदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL