रामराजा श्रेष्ठ ८ माघ, काठमाडौं । नेपालमै मोटरसाइकलको ब्याट्री बन्ने हुने भएको छ । कुलायन ब्याट्री इन्डस्ट्रीज प्रालिले नेपालमै पहिलो पटक मोटरसाइकलको ब्याट्री उत्पादन गर्न लागेको हो । उक्त ब्याट्रीहरु आगामी ३ महिना भित्र बजारमा ल्याइने कुलायन ब्याट्रीका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर कार्कीले बिजखबरलाई बताए । ‘हाल ब्याट्री उत्पादनका लागि आवश्यक सम्पूर्ण पूर्वाधार तयारी गरिसकेका छौं,’…