Logo

थप २ ब्राण्डका लुव्रिकेन्ट्स उत्पादन गर्दै पीएलओ ग्रुप, केही समयभित्रै बजारमा आउने

थप २ ब्राण्डका लुव्रिकेन्ट्स उत्पादन गर्दै पीएलओ ग्रुप, केही समयभित्रै बजारमा आउने


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

२१ पुस, काठमाडौं । पीएलओ ग्रुपले थप २ नयाँ ब्राण्डका लुव्रिकेन्ट्स उत्पादन गर्ने भएको छ । नयाँ लुव्रिकन्ट्स उत्पादन गर्ने सम्बन्धमा अन्तिम तयारी भइरहेको पीएलओ ग्रुपमा निर्देशक कृष्णप्रसाद दुलालले बताए । ‘हामीले मेगा र प्राइम ब्राण्डका लुव्रिकेन्ट्स ल्याउने तयारी गरिरहेका छौं,’ उनले भने, ‘यस विषयमा आन्तरिक छलफल भइरहेको छ ।’

पीएलओ ग्रुपले हाल पीएलओ र स्टार ब्राण्डका लुव्रिकेन्ट्स उत्पादन गर्दै आएको छ । उक्त लुव्रिकेन्ट्स उद्योग पूर्वाञ्चलको विराटचोकमा रहेको छ । हाल बजारमा ल्याउन लागिएको थप २ वटा ब्राण्डका लुव्रिकेन्ट्स पनि सोही कारखानाबाट उत्पादन गरिने दुलालले जानकारी दिए ।

नयाँ लुव्रिकेन्ट्स उत्पादनका लागि थप ५ करोड रुपैयाँ लगानी गरिने समेत दुलालले जानकारी दिए । ‘हामीले नयाँ ल्याउन लागिएको लुव्रिकेन्ट्सको उद्योग पनि हाल संचालनमा रहकै उद्योग परिसर भित्र राखिने छ,’ उनले भने ।

पीएलओ ग्रुपले बजारमा ल्याउन लागेको नयाँ ब्राण्डका लुव्रिकेन्ट्सका बजार मुल्य प्रतिलिटर ४ सयदेखि ६ सय रुपैयाँ पर्नेछ । कम्पनीले उक्त ब्राण्डका आधा लिटर देखि २ सय ५ लिटरसक्मको लुव्रिकेन्टस बजारमा ल्याउने छ ।

पीएलओ ग्रुपले नेपालमै लुव्रिकेन्ट्स उत्पादन गर्नुका साथै आयातित ब्राण्डका लुव्रिकेन्टस पनि बेच्दै आएको छ । हाल भारतको पावर र इएनआई तथा कोरियाको जिङ्क ब्राण्डको लुव्रिकेन्ट्स बेच्दै आएको कम्पनीले बताएको छ ।

पीएलओ ग्रुपले लुव्रिकेन्ट्स, विभिन्न खालका आयल तथा ग्रीज उत्पादन गर्दै आएको छ । त्यसैगरी विभिन्न खालका गाडी तथा मोटरसाइकलका लागि आवश्यक टायर तथा स्पेयर पार्टस समेत बेच्दै आएको छ । केही समय अघिदेखि उसले नेपालमा ‘सीएट’ टायरको आधिकारिक विक्रेताको रुपमा विक्री गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL