Logo

उत्पादनमुलक उद्योगमा वैदेशिक लगानी घट्यो, स्वदेशी पनि बढ्न सकेन

उत्पादनमुलक उद्योगमा वैदेशिक लगानी घट्यो, स्वदेशी पनि बढ्न सकेन


रामराजा श्रेष्ठ
81
Shares

बिजखबर संवाददाता

काठमाडौं । उत्पादनमुलक उद्योगमा वैदेशिक लगानीको प्रतिवद्धता उच्च रुपमा घटेको छ । अघिल्ल वर्षका तुलनामा त्यस्ता उद्योगमा लगानीको प्रतिवद्धता स्वात्तै घटेको हो ।
उद्योग विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको पहिलो ६ महिनामा कुल ९२ अर्व ६१ करोड रुपैयाँभन्दा बढीको वैदेशिक लगानीको प्रतिवद्धता आएको थियो । तर, चालू आवको पहिलो ६ महिनामा ७२ करोड ९२ लाख रुपैयाँ वरावरको मात्र प्रतिवद्धता आएको छ । यो गत आवको तुलनामा यो लगानी २३ प्रतिशतभन्दा बढीले कमि हो ।

विभागको तथ्याङ्क अनुसार केही वर्ष यता उत्पादनमुलक उद्योगमा वैदेशिक लगानीको प्रतिवद्धता एकदमै गिरावट आएको छ । आव २०६९/०७० मा उत्पादनमुलक उद्योगमा कुल ३ अर्व ९३ करोड ३३ लाख रुपैयाँ बरावरको वैदेशिक लगानी प्रतिवद्धता आएको थियो । तर, आव २०७०/७१ मा सो क्रम घटेर १ अर्व ८५ करोड २२ लाख रुपैयाँ बरावरको मात्र वैदेशिक लगानी आएको विभागको तथ्याङ्कमा उल्लेख छ । यो प्रतिवद्धता आव २०६९/७० को तुलनामा आधाभन्दा बढीले  कमि हो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति शेखर गोल्छा भने देशमा बढ्दो लोडसेडिङ, राजनीतिक स्थितरता, पूर्वाधारको कमि जस्ता विषयले गर्दा देशमा वैदेशिक लगानी भित्र्न नसकेको बताउँछन् । यस्तै, श्रमिक समस्या पनि अर्को प्रमुख कारणको रुपमा रहेको उनको भनाइ छ । राजनीतिक अस्थिरताका कारण पछिल्लो समय विदेशी मात्र नभइ स्वदेशी लगानीकर्ताहरु समेत उत्पादनकमुलक उद्योगमा आकर्षित भएका छैनन् । हाल स्वदेशी लगानीकताहरु पनि पर्ख र हेरको अवस्थामा रहेको गोल्छा वताउँछन् ।

industry data_bizkhabar.comयस्तै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष पशुपति मुरारका भने राज्यले देशमा वैदेशिक लगानीका लागि उचित वातावरण निर्माण गर्न नकस्दा विदेशी लगानी नभित्रिएको बताउँछन् । ‘अन्य देशले विदेशी लगानी भित्र्याउनका लागि रेड कार्पेट विच्छ्याएका हुन्छन्,’ उनले भने, ‘तर, हाम्रोे सरकारले लगानीको प्रत्याभुति समेत दिन सकेको छैन ।’ लगानीको समेत सुरक्षा नभएका ठाउँमा कुनै पनि विदेशी लगानीकर्ता लगानी गर्न नआउने उनको भनाइ छ ।

यस्तैगरी, सरकार पनि राजस्वमुखि भएका कारण देशमा उद्योग कलकारखाना फस्टाउन नसकेको मुरारकाको भनाइ छ । ‘देशमा उद्योग कलाकारखानामा लगानी बढ्न राज्यले सोही अनुसार उद्योग मैत्री वातावरण निर्माण गर्नसक्नु पर्छ,’ उनले भने, ‘तर, सरकार राजस्वमा केन्द्रित रहेर व्यापारलाई प्रोत्साहन गर्दै आएको छ ।’

उद्योगमन्त्री महेश वस्नेत पनि सरकारकै झण्झटिलो नीतिनियमका कारण वैदेशिक लगानी आउन नसकेको स्वीकार गर्छन् । तर, आगामी दिनमा झण्झटिला नीतिनियम परिमार्जन गरी वैदेशिक लगानीलाई प्रोत्साहन गर्ने खालका नीतिनियम ल्याउन लागिएको जानकारी दिए । ‘हाल वैदेशिक लगानीलाई प्रोत्साहित गर्ने खालका कतिपय नीतिनियम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा लगिएको छ भने कतिपय बन्ने क्रममै छन्,’ उनले भने । मन्त्रिपरिषद्बाट त्यस्ता नीतिनियम स्वीकृति भएर आएपछि देशमा वैदेशिक लगानी बढ्ने समेत उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL