Logo

बकार्डी रम नेपाली बजारमा, मुल्य रु. ९ सय ५०, लेमन र एप्पल स्वादमा उपलब्ध

बकार्डी रम नेपाली बजारमा, मुल्य रु. ९ सय ५०, लेमन र एप्पल स्वादमा उपलब्ध


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२० पुस, काठमाडौं । ‘बकार्डी’ रम नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि आधिकरीक विक्रेता शंकर ग्रुपद्वारा संचालित जगदम्वा ओभरसिजले उक्त ब्राण्डका मदिरा नेपाली बजारमा ल्याएको हो । कम्पनीले आज एक कार्यक्रम गरी सो ब्राण्डका मदिरा नेपाली बजारमा सार्वजनिक गरेको थियो ।

नेपालमा उपलब्ध हुने बकार्डी ब्राण्डको मदिराको मुल्य ७ सय ५० एमएलको ९ सय ५० रुपैयाँ पर्नेछ । साथै, कम्पनीले जनवरीको अन्त्यसम्ममा बकाड्री सुपेरियर पनि नेपाली बजारमा ल्याउने भएको छ । सुपेरियर ब्राण्डका मदिराको भने ७ सय ५० एमएलको १ हजार २ सय रुपैयाँदेखि १ हजार ४ सय रुपैयाँसम्म पर्नेछ ।

bacardi rum
Bacardi rum

कम्पनीका अनुसार यसका लागि नेपालमै बोटल उत्पादन गरिने भएको छ । सो कार्यका लागि रोलिङ रिभर डिस्ट्रीलरीसँग सहकार्य गर्ने भएको छ ।

बकाड्री सन् १८६२ मा स्थापित विश्वकै सबैभन्दा ठूलो निजी मदिरा कम्पनी भएको कम्पनीको दावी छ । जसले २ सयभन्दा बढी ब्राण्ड र लेवल विश्वबजारमा उपलब्ध गराएको छ । हालसम्म बकार्डीले गुणस्तर र स्वादमा ५ सय ५० भन्दा बढी अन्तरराष्ट्रिय अवार्ड जितिसकेको छ ।

बकार्डी इण्डीयाका बजार प्रमुख तथा व्यवस्थापक मनिष सिथले नेपाली बजारमा बकाड्रीलाई विस्तार गर्न पाउँदा आफु अत्यन्त खुशी भएको बताए । ‘हामीले एकदमै उपयुक्त समयमा नेपाली बजारमा बकार्डीलाई ल्याएका छौं,’ उनले भने, ‘यसको प्रवेशसँगै नेपाली ग्राहकहरुले बकार्डी ब्राण्डको विश्वव्यापी लोकप्रिय स्वादको अनुभव गर्न पाउने छन्,’ । साथै, नेपालमा यसको ठूलो सम्भावना र बजार देखेको हुँदा सफलता हात पर्नेमा आशावादी रहेको उनको भनाइ थियो ।

बकार्डीका प्रमुख ब्राण्डहरुमा सुपर प्रिमियम ग्रे गोस, भोड्का, स्किच ह्वीस्की, बोक्वेइजस्ता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL