काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल चेम्बर अफ कमर्स साझा मुद्दामा सहकार्य गरेर अगाडि बढ्न सहमत भएका छन् । नेपालका व्यवसायीको दुई वटा संस्थाका पदाधिकारीबीच आइतबार भएको छलफलमा निजी क्षेत्रका मुद्दामा कार्यगत एकता अपरिहार्य रहेको ठहर गर्दै त्यसका लागि तयार रहेको निष्कर्ष निकालिएको छ । निजी क्षेत्र एक ढिक्का भएर जान सकेमात्र उद्योग…