काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीहरूलाई उनीहरूले विदेशी भूमिमा आर्जन गरेको ज्ञान, सीप र पूँजी नेपाल भित्र्याउन आग्रह गरेका छन् । गैरआवासीय नेपाली सङ्घ, एनआरएनएको बैंककमा आज आयोजित एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेको ढकालको सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । “नेपालको विकासका लागि संसारभर…