Logo

सिटिजन लाइफको सिटिजन लिडर्स नाइटमा उत्कृष्ट लिडर्सहरु सम्मानित

सिटिजन लाइफको सिटिजन लिडर्स नाइटमा उत्कृष्ट लिडर्सहरु सम्मानित



काठमाडौं । सिटिजन लाइफइन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइटको पाचौँ संस्करण बिहीबारको होटेल सोल्टी क्राउन प्लाजमा सम्पन्न गरेको छ । हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’अन्तर्गत देशभरी रहेका ४८,००० अभिकर्ताहरुमध्ये कार्यक्रममा आर्थिक वर्ष २०७८/०७९ सालमा उत्कृष्ट कार्य सम्पादन गरी सिटिजन लाइफ इन्स्योरेन्सको कर्पोरेट क्लबमा पर्नेहरुलाई सम्मान गरिएको हो ।

laxmi

उक्त क्लबमा पर्न सफल २७६ जना सिटिजन लिडरहरु, उत्कृष्ट १० सिनियर एजेन्सी मेनेजर, १० एजेन्ट र विभिन्नविधाद्वारा चुनिएकाउत्कृष्ट शाखाहरुलाई सम्मानित भएका छन । कार्यक्रममा ३६० सक्रियसिटिजन लिडरहरुको उपस्थिती थियो । कम्पनीका अध्यक्ष प्रदिपजङ्ग पाण्डे र अन्य सञ्चालक समितिका सदस्यहरुको उस्थिती रहेको थियो ।

कार्यक्रमको सुरुवात कम्पनीका अध्यक्षद्वारा कम्पनीको प्रतीक “झण्डा”को बिमोचन गरिएको थियो । कार्यक्रममा मुख्यअतिथिका रुपमा डा। भागवान कोइरालाको रहेका थिए । सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले पेशालाई सम्मानित बनाउन र उत्कृष्ट लिडरहरुलाई पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रीणी रहेको बताए । उनले यस्ता कार्यक्रमले व्यवसायिकक्षमता वृद्धिमा थप सहयोग पुग्ने बताए ।

कम्पनीका अध्यक्ष प्रदिपजङ्ग पाण्डेले कम्पनीलाई आजको अवस्थामा ल्याई पु¥याउन प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने सम्बन्धित सबैप्रति धन्वाद दिएका थिए । कम्पनीको ‘डिजिटल सिटिजन अभियान’, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वोरोजगार अभियान’तथा बीमाको सचेतना बढाउन ‘जीवनबीमा जरुरी छ ।’

विद्यार्र्थीसँग बीमा’, ‘गुरु सम्मान कार्यक्रम’ एवं जीवन बीमा योजना र व्यवसायिक तथा दक्षकर्मचारी र सिटिजन लिडरहरु सहितको ‘सिटिजन टिम’ मार्फत कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थपउत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने कुरामा विश्वस्त रहेको बताए । कम्पनीका ब्राण्ड एम्बेस्डरद्धय मदन कृष्ण श्रेष्ठ र हरि वंशआचार्यले कम्पनीले आजको मिति सम्महसिल गरेको सफलतामा उनीहरुलाई गर्व रहेको भावना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL