Logo

माइपे डिजिटल वालेटले नेपालको सबैभन्दा ठूलो राइड कार्यक्रम गराउँदै

माइपे डिजिटल वालेटले नेपालको सबैभन्दा ठूलो राइड कार्यक्रम गराउँदै



काठमाडौँ । माइपे डिजिटल वालेटले नेपालको हालसम्मकै सबैभन्दा ठूलो राइड कार्यक्रम आयोजना गर्ने भएको छ । नेपालको राइड सेयरिङ्ग एप सजिलोको मुख्य प्रायोजनमा माइपेले राइड कार्यक्रम गर्न लागेको हो ।

laxmi

भाद्र तेस्रो हप्ता एक दिनका लागि आयोजना हुन लागेको उक्त राइड कार्यक्रममा राइड गर्न मन पराउने एक सयभन्दा बढीको सहभागिता हुने जनाइएको छ । भक्तपुरको राधेराधेदेखि धुलिखेलसम्म राइड हुनेछ । उक्त कार्यक्रममा सहभागी हुने राइडरलाई लाग्ने सम्पूर्ण खर्च आयोजक माइपे डिजिटल वालेटले व्यहोर्ने माइपेले जनाएको छ ।

कार्यक्रममा सहभागी हुन, माइपे डिजिटल वालेट डाउनलोड गरी राइडको फर्म भर्नुपर्ने छ । वा माइपे डाउनलोड गर्दा रिफर कोर्डमा MRBVLOGS राखी डाउनलोड गरी केवाईसी समेत भरेमा राइडको लागि योग्य हुने माइपेले जनाएको छ । राइडमा मोटरसाइकलको पछाडि राखेर साथीसमेत लान सकिने व्यवस्था छ । त्यसका लागि दुवैको फर्म भरेको हुनुपर्नेछ । यसरी फर्म वा केवाईसी भरेका मध्येबाट राइडका लागि एक सय जना छनौट गरिने आयोजक माइपेले जनाएको छ ।

डिजिटल भुक्तानीप्रति जनचेतना अभिवृद्धि गर्ने, ट्राफिक नियमको पालनासम्बन्धी जनाकारी गराउने साथै आन्तरिक पर्यटन पवर्द्धन गर्ने उद्देश्यले राइडको आयोजना गरिएको माइपेले जनाएको छ ।

कार्यक्रममा नायिका स्वातिमा खड्का, नायक नीराजन प्रधान, युवा मोटो भ्लगर एमआरबीका साथमा अन्य कलाकारको समेत उपस्थिती हुने आयोजक माइपेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL