काठमाडौं । सरकारले धौवादी फलाम कम्पनी र विशेष आर्थिक क्षेत्र (सेज)लाई सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गर्ने अवधारणा अघि सारेको छ । सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्फत यस्तो नीति लिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्दै यी दुवैलाई सार्वजनिक निजी साझेदारी अवधारणामा अघि बढाउने…