Logo

धौवादी फलाम कम्पनीलाई सार्वजनिक निजी साझेदारीमा संचालन गर्ने सरकारको घोषणा

धौवादी फलाम कम्पनीलाई सार्वजनिक निजी साझेदारीमा संचालन गर्ने सरकारको घोषणा



काठमाडौं । सरकारले धौवादी फलाम कम्पनी र विशेष आर्थिक क्षेत्र (सेज)लाई सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गर्ने अवधारणा अघि सारेको छ । सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्फत यस्तो नीति लिएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्दै यी दुवैलाई सार्वजनिक निजी साझेदारी अवधारणामा अघि बढाउने सरकारको नीति रहेको उल्लेख गरे ।

यस्तै, पेट्रोलियम, फलाम, तामाजस्ता खानीको उत्खनन र प्रयोगलाई महत्वका साथ अघि बढाइने बताए । व्यावसायिक वातावरण सुधार गर्न सरकारले अध्यादेशमार्फत सुरु गरिएका नीतिगत सुधारका कार्यक्रमको आधारमा उद्यमशीलतामा निजी लगानी प्रवर्द्धन गर्ने नीति सरकारले लिएको राष्ट्रपति पौडेलले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्