Logo

विद्युत प्राधिकरणसँग नगद मौज्दात शुन्य, १० अर्ब ऋण लिईँदै

विद्युत प्राधिकरणसँग नगद मौज्दात शुन्य, १० अर्ब ऋण लिईँदै



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० अर्ब रुपैयाँ ऋण लिने प्रक्रिया अगाडि बढाएको छ । आज (शुक्रबार) प्राधिकरणको श्वेतपत्र प्रस्तुत गर्दै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऋण लिन प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका हुन् ।

उनले भने, ‘हामीसँग क्यास ब्यालेन्स छैन रहेछ । १० अर्ब रुपैयाँ ऋणका लागि सरकारसँग स्वीकृति लिन पत्र पठाइसकेका छौं । यसका लागि प्रक्रिया अगाडी बढिसकेको छ ।’ कार्यकारी निर्देशक शाक्यका अनुसार अनुसार चालु आर्थिक वर्षको फाल्गुन मसान्तसम्म भएको ठेक्कापट्टा अन्तर्गत भुक्तानी हुन बाँकी बिलहरूको परिमाण ११ अर्ब ६१ करोड रहेको छ । जुन भुक्तानी दिन सकिएको छैन ।

हालसम्म प्राधिकरणको केन्द्रीय कोषमा मौज्दात रहेको करिब १० अर्ब १० करोड रकममध्ये डलर ने।रू। मुद्दती खातामा ३ अर्ब ६८ करोड र धरौटी खातामा ३ अर्ब ९५ करोड रहेको छ । २ अर्ब ४७ करोड चालू खातामा रहेको छ । जुन दैनिक सञ्चालनको लागि न्यूनतम जगेडा हो । यसका लागि बाँकी भुक्तानीको जगेडा नरहेको हुँदा १० अर्बसम्म अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिएका छन् ।

नेपाल विद्युत प्राधिकरणको कुल सम्पत्ति ६ खर्ब ४४ अर्ब रहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार सार्वजनिक गरेको श्वेतपत्रमा उक्त कुरा उल्लेख छ। प्राधिकरणको वित्तीय अवस्था जानकारी दिँदै कार्यकारी निर्देशक शाक्यले ०८०र०८१ असार मसान्तसम्मको सम्पत्ति ६ खर्ब ४४ अर्ब पुगेको बताएका हुन्। यस्तै प्राधिकरणबाट २ खर्ब २० अर्ब बराबरका आयोजना निर्माणाधीन रहेको पनि उनले बताए। ‘निर्माण सकिएपछि सम्पत्तिमा परिणत हुनेछन् । छिटो परियोजना यथाशिघ्र सम्पन्न गरि प्रतिफल लिनुपर्नेछ,’ शाक्यले भने ।

प्रतिक्रिया दिनुहोस्