काठमाडों । सरकारले विद्युत्को माग अधिक हुने समयको माग पूरा गर्न जलाशययुक्त आयोजना अघि बढाउने घोषणा गरेको छ । संघीय संसदको दुबै सदनमा आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ठूला र जलाशययुक्त आयोजना अघि बढाइने बताएका हुन् ।
बहुउद्देश्यीय तथा जलाशययुक्त आयोजना अघि बढाइने पौडेलले बताए । ऊर्जा सुरक्षा कायम गर्नको लागि पनि बहुउद्देश्यीय आयोजनाको लागि उपयुक्त मोडेल अपनाइने बताए । राष्ट्रिय ग्रीड नपुगेका ठाउँमा वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति गरिने बताए । प्रसारण लाइन निर्माण, ह्वीलिङ चार्ज शुल्क निर्धारण अन्य आवश्यक र नीतिगत नियम बनाइने उल्लेख गरे ।