नेपालमा निजी क्षेत्रलाई प्रोत्साहित गर्न सामाजिक, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतीकरण, सिँचाइ, गरिबी निवारण लगायत क्षेत्रमा सरकारको लगानी बढाउनु आवश्यक हुन्छ । उत्पादनशील क्षेत्रमा निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ । देशको विकास, उन्नति र समृद्धिको लागि आर्थिक वृद्धि हुन जरुरी छ । आर्थिक वृद्धि नभई देश न समृद्धिको बाटोमा जान सक्छ, न सामाजिक न्याय दिने वा तल्लो…