काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र कुपण्डोल ललितपुरस्थित बृहत इन्भेष्टमेन्टबीच सम्झौता भएको छ । मंगलबार दुई निकायबीच कर्जा सहजीकरणका लागि सम्झौता भएको हो । सम्झौतासँगै अब कुनै पनि व्यक्तिले बृहत इन्भेष्टमेन्ट प्रा.लिद्वारा संचालित चापागाँउ परियोजना अन्तर्गतका घर/जग्गाा खरिद गर्न चाहेको खण्डमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सो खरिदकर्तालाई सहज तरिकामा कर्जा उपलब्ध गराउने भएको छ ।…