काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनामा नेपालका बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहमा सुस्त वृद्धि देखाएका छन्। यस अवधिमा बैंकिङ प्रणालीको कर्जा वृद्धि दर मात्र ३.२ प्रतिशतमा सीमित रहँदा मार्जिन कर्जा भने १९.८ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले जम्मा १ खर्ब ६३ अर्ब…