काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र श्रेष्ठ टेलरिङ्गबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले सर्टिङ्ग, सुटिङका साथै अन्य विभिन्न सेवाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको…