Logo

१ अर्ब बराबरको ऋणपत्र जारी गर्दै लुम्बिनी विकास बैंक, नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग बिक्री प्रबन्धकमा नियुक्त

१ अर्ब बराबरको ऋणपत्र जारी गर्दै लुम्बिनी विकास बैंक, नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग बिक्री प्रबन्धकमा नियुक्त



काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडले १ अर्ब बराबरको ऋणपत्र जारी गर्ने भएको छ । रु.१,००० अंकित दरको १० लाख कित्ताले हुन आउने १ अर्ब रकम बराबरको ‘११% एल.बि.बि.एल डिबेन्चर २०८९’ ऋणपत्र जारी गर्न लागिएको हो ।

जसका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त ऋणपत्रको अवधि १० वर्ष रहेको छ भने ब्याजदर ११% प्रतिशत रहेको छ ।

उक्त सम्झौतामा लुम्बिनी विकास बैंक लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् । ऋणपत्र नियमनकारी निकायहरुको स्वीकृति पश्चात निष्कासन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL