Logo

मुक्तिनाथ विकास बैंक र मेराकी होलिस्टीक वेलनेस रिट्रिटबीच सम्झौता, बैंकका ग्राहकलाई रिट्रिटका सेवामा विशेष छुट

मुक्तिनाथ विकास बैंक र मेराकी होलिस्टीक वेलनेस रिट्रिटबीच सम्झौता, बैंकका ग्राहकलाई रिट्रिटका सेवामा विशेष छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंक र बूढानीलकण्ठ स्थित मेराकी होलिस्टीक वेलनेस रिट्रिटबीच सम्झौता भएको छ । बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ सेवाका ग्राहकहरुलाई रिट्रिटका सेवामा १५ प्रतिशत सम्म छुट दिने गरि उक्त सम्झौता भएको हो ।
सम्झौता कार्यक्रममा बैंकका तर्फबाट संस्थागत मामिला विभागका बसन्त बक्शी र मेराकी होलिस्टीक वेलनेस रिट्रिटका तर्फबाट रेसिडेन्ट म्यानेजर अरुण कुमार झा सहित दुवै पक्षका आधिकारिक सदस्यहरुको उपस्थिति थियो ।
उक्त सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले बूढानीलकण्ठमा रहेकोे मेराकी होलिस्टीक वेलनेस रिट्रिटमा विभिन्न सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

laxmi

यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न आफ्नो एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेका भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकका एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्न, ईन्टरनेट बैंकिङ खाता मै रेमिट्यान्स जम्मा जस्ता सुविधा प्रदा गरिरहेको बैंकले जानकारी दिएको छ ।

यस्तै बैंकले मिस्डकल बैंकिङ अन्तर्गत बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने गरि बचत सेवा कर्जा सेवा आदि जस्ता सेवाहरु व्यवस्था गरेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL