काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्र आजबाट बिक्रिमा ल्याएको छ । बैंकले ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ निष्काशन तथा बिक्री खुला गरेको हो । उक्त ऋणपत्रको अवधि १० वर्ष रहनेछ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो…