Logo

मेगा बैंक र भोजपुर नगरपालिकाबीच सम्झौता, सहुलियत कर्जा प्रवाह गर्ने

मेगा बैंक र भोजपुर नगरपालिकाबीच सम्झौता, सहुलियत कर्जा प्रवाह गर्ने



काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले साना कृषक तथा उद्यमीहरूको कृषि तथा उद्यम व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिकासँग सम्झौता गरेको छ ।

laxmi

सम्झौता पत्रमा मेगा बैंकका माइक्रो फाइनान्सिङ विभागका प्रमुख पुण्यप्रसाद खनियाँ र भोजपुर नगरपालिका मेयर कैलाश आलेले हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर कार्यक्रममा बोल्दै बैंकका विभागीय प्रमुख खनियाँले कृषकहरूलाई आधुनिक ढंगले कृषि कार्यलाई व्यवसायीकरण गर्न बैंकको शाखा कार्यालय मार्फत छिटो छरितो ढंगले प्राथमिकताका साथ कर्जा दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

भोजपुर नगरपालिकाका मेयर आलेले मेगा बैंकसँगको सम्झौतापश्चात् नगरपालिकाभित्र रहेका साना किसान तथा उद्यम व्यवसायीहरूले सहुलियत ब्याजदरमा कर्जा लिई आफ्ना व्यवसायलाई वृद्धि गरी उत्पादकत्व बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

भोजपुर नगरपालिकासँगको सम्झौतापश्चात् मेगा बैंकले नगरपालिकाका किसानहरूलाई कृषि उत्पादनमा आवश्यक कर्जा लगानी गर्नका लागि नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधीनमा रही सहुलियतपूर्ण व्यवसायिक कृषि तथा पशुपालन कर्जा प्रदान गर्ने बैंकले जनाएको छ ।

साथै, बैंकले उक्त कृषकहरूलाई मेगा किसान कार्डसमेत उपलब्ध गराउनेछ । उक्त कार्डमार्फत् कृषकहरूले आफूलाई आवश्यक परेको कृषि सामग्रीहरू, बीऊ, मल, किटनाशक औषधीलगायतका सामानहरू नजिकको पसलबाट खरिद गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL