Logo

सिटिजन्स बैंकले १६ प्रतिशत लाभांश दिने घोषणा, यस्तो छ नगद र बोनसको अनुपात

सिटिजन्स बैंकले १६ प्रतिशत लाभांश दिने घोषणा, यस्तो छ नगद र बोनसको अनुपात



काठमाडौं । सिटिजन्स बैंकले आफ्ना सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

laxmi

शुक्रबार बसेको बैंक संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृती तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लागु हुने गरी आर्थिक वर्ष २०७७/७८ मुनाफाबाट १६ प्रतिशत लाभांश (३.०८७ नगद र १२.९१३ बोनस सेयर) स्वीकृत गरेको छ ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार १२.९१३ प्रतिशतका दरले हुन आउने १,६२४,०५०,८९१.१० बराबरको बोनस सेयर वितरण गर्ने र ३.०८७ प्रतिशतका दरले हुन आउने ३८८,२५६,८०७.२४ बराबरको नगद लाभांश (लाभांश कर समेत) गरी बैंकले कुल २०१,२३,०७,६९८.३४ वितरण गर्ने जनाएको छ । हाल बैंकको चुक्तापुँजी १२ अर्ब ५७ करोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL