Logo

कुमारी बैंकको महिलाहरुलाई आत्मरक्षा प्रशिक्षण कार्यक्रम

कुमारी बैंकको महिलाहरुलाई आत्मरक्षा प्रशिक्षण कार्यक्रम



काठमाडौं । कुमारी बैंक लिमिटेडले महिलाहरुलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिएको छ । ‘आत्मरक्षाको माध्यमबाट महिला सशक्तीकरण’ को उद्देश्यसहित बैंकले आफ्नो २० औं वार्षिकोत्सवको अवसर पारेर महिला हिंसाको न्युनिकरण तथा प्रतिकार गर्न देशको विभिन्न स्थानहरुमा महिलाहरुलाई आत्मरक्षासम्बन्धी प्रशिक्षण दिएको हो ।

laxmi

महिलाहरुलाई शारीरिक, मानसिक र भावनात्मक रूपमा सशक्त बनाई आत्मरक्षा गर्न सक्षम बनाउने एवं उपकरण र प्रविधिसँग परिचित गराइ आत्म मनोवल उच्च बनाउने उद्देश्यसहित उक्त प्रशिक्षण शुरु गरिएको बैंकले जनाएको छ ।

महिला मैत्री वातावरण सहितको कार्य स्थललाई अग्रस्थानमा राखि कुमारी बैंकले कारोवार गर्दै आइरहेको र यस किसिमको प्रशिक्षणबाट महिलाहरूमा थप जागरुकता, मौखिक रक्षा, झूटा आरोप तथा आत्मसमर्पण रक्षा, शारीरिक रक्षा, र कानूनी रक्षा सम्बन्धी विषयमा प्रशिक्षित भई उच्च मनोबलका साथ अगाडि बढ्न प्रेरित हुने तथा आत्मरक्षा सम्बन्धमा जनचेतनामा समेत विस्तार हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL