काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा डा. निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैंठकले राष्ट्र बैंकका कार्यकारी निर्देशकद्वय तिम्सिना र मिश्रलाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो । राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय चिन्तामणी सिवाकोटी र शिवराज श्रेष्ठको यहि फागुन १८ गते ५ बर्षे कार्यकाल सकिएपछी उक्त पद…