Logo

डेपुटी गभर्नरका लागि ४ जनाको नाम सिफारिस, अब बस्ने मन्त्रिपरिषद बैंठकले नियुक्त गर्ने

डेपुटी गभर्नरका लागि ४ जनाको नाम सिफारिस, अब बस्ने मन्त्रिपरिषद बैंठकले नियुक्त गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नरका लागि ४ जनाको नाम सिफारिस गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले रिक्त रहेको २ पद डेपुटी गभर्नरका लागि ४ जनाको नाम सिफारिस गरेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

laxmi

राष्ट्र बैंकका डेपुटी गभर्नर द्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठले ५ बर्षे कार्यकालका कारण अनिवार्य अवकाश पाएसँगै रिक्त रहेको सो पदका लागि गभर्नर अधिकारीले अर्थमन्त्री समक्ष नियुक्तीका लागि सिफारिस गरेका हुन् । अधिकारीले बुधबारनै ४ जना कार्यकारी निर्देशकको नाम डेपुटी गभर्नरका लागि सिफारिस गरेका हुन् ।

राष्ट्र बैंक स्रोतका अनुसार उक्त सिफारिसमा कार्यकारी निर्देशक तथा अर्थमन्त्री आर्थिक सल्लाहकार डा. प्रकाश श्रेष्ठ, यसैगरी कार्यकारी निर्देशक तथा राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट र कार्यकारी निर्देशक डा. निलम तिम्सिना र कार्यकारी निर्देशक देवकुमार ढकाल परेको बुझिएको छ । तर डेपुटी गभर्नरका लागि उच्च लविङ भइरहेकाले अन्तिम समयमा सिफारिसमा परेका नाम समेत परिवर्तन हुन सक्ने सम्बद्ध स्रोतको दावी छ । डेपुटी गभर्नर नियुक्तीका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका सभापति शेरबहादूर देउवा र केही मन्त्रीहरुसमेत लविङमा रहेको उक्त स्रोतले जानकारी दिएको छ ।

गभर्नरको सिफारिससँगै अर्थमन्त्री विष्णु पौडेलले आगामी दिनमा बस्ने मन्त्रिपरिषद बैंठकमा उक्त नाम लगेर जसमध्ये २ जनालाई डेपुटी गभर्नरमा नियुक्ती गरिने छ । कानुनत डेपुटी गभर्नरका लागि राष्ट्र बैंकका १७ जना कार्यकारी निर्देशक नै सक्षम हुनेछन् । तीनै १७ जना कार्यकारी निर्देशकबाट सरकारले २ जनालाई डेपुटी गभर्नरमा नियुक्त गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL