Logo

सेयर धितो र घर कर्जाको सीमा यथावत, बैंकले प्रबाह गरेको कर्जाको विशेष अनुगमन गरिने

सेयर धितो र घर कर्जाको सीमा यथावत, बैंकले प्रबाह गरेको कर्जाको विशेष अनुगमन गरिने



काठमाडौं । नेपाल राष्ट्र बैकले सेयर धितो तथा घर कर्जा सम्बन्धी व्यवस्थालाई यथावत राखेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धबार्षिक समीक्षा गर्दै यस अघि व्यवस्था भएको सेयर धितो कर्जा र घर कर्जामा दिर्इँदै आएको कर्जाको सीमालाई यथावत राखेको हो ।

laxmi

अहिलेको अवस्थामा सेयरधितो तथा घर जग्गा कर्जामा भएको व्यवस्थालाई परिवर्तन गर्न आवश्यक नरहेको भन्दै मौजुदा व्यवस्थालाई नै निरन्तरता दिईएको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारिले जानकारी दिए । तर भोलीका दिनमा आवश्यक परेमा उक्त व्यवस्थामा थपघट गर्न सकिने भने उनले बताए ।

साथै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले तोकिएका क्षेत्र र वर्गमा प्रवाह गर्नुपर्ने कर्जा लक्षित क्षेत्र र वर्गले प्राप्त गरे नगरेको सम्बन्धमा विशेष अनुगमन गर्ने भएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट प्रबाह भएका कर्जा दुरुपयोग भएको गुनासो बढेपछि मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत सो सम्बन्धमा अनुगमन गरी गरी उक्त ऋण दुरुपयोग गरेको पाइएमा सम्बन्धितलाई गरिने कारवाहीलाई थप प्रभावकारी बनाइने व्यवस्था गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL