काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि एकिकृत निर्देशन जारी गरेको छ । अघिल्लो हप्ता चालू आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याएको राष्ट्र बैंकले त्यसलाई कार्यान्वयन गर्ने क्रममा आज एकिकृत निर्देशन जारी गरेको हो । राष्ट्र बैंकले एकिकृत निर्देशक मार्फत बैंकिङ प्रणालीमा तरलता बढाउन पुनर्कर्जालाई समेत निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको…