Logo

रेमिटान्स आप्रवाह ११ प्रतिशतले बढ्यो, दैनिक २ अर्ब ७० करोड भित्रिँदै

रेमिटान्स आप्रवाह ११ प्रतिशतले बढ्यो, दैनिक २ अर्ब ७० करोड भित्रिँदै



काठमाडौं । चालु आर्थिक बर्षको ७ महिनामा गत आवको सोही अवधिको तुलनामा रेमिटान्स आप्रवाहमा झण्डै ११ प्रतिशतको वृद्धि भएको छ । गत आवको ७ महिनामा ०.७ प्रतिशतले घटेको यस्तो आप्रवाह चालु आवको साउन देखि माघसम्ममा भने १० दशमलव ९ प्रतिशतले बढ्दै ५ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ पुगेको हो ।

laxmi

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ७ महिनाको तथ्यांकअनुसार वैदेशिक श्रम स्विकृति लिने कामदारको संख्या घटेपनि विप्रेषण आप्रवाहमा भने वृद्धि भईरहेको छ । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्विकृति लिनेको संख्या भने ७५ दशमलव ९ प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा यस्तो संख्या २१ दशमलव ७ प्रतिशतले बढेको थियो ।

तर यसरी नेपालबाट कामदार जाने क्रममा गिरावट आएपनि विदेशबाट दैनिकजसो २ अर्ब ७० करोड रुपैयाँ बराबरको रेमिटान्स भित्रिरहेको तथ्यांकले देखाएको छ । ७ महिनासम्म आएको रेमिटान्सलाई २ सय १० दिनसँग भाग गर्दा दैनिक जसो विभिन्न देशबाट नेपालमा २ अर्ब ७० करोड रुपैयाँ भित्रिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL