Logo

आयात बढ्न थालेसँगै खुम्चियो शोधनान्तर बचत, वैदेशिक लगानी ३७ प्रतिशतले घट्यो

आयात बढ्न थालेसँगै खुम्चियो शोधनान्तर बचत, वैदेशिक लगानी ३७ प्रतिशतले घट्यो



काठमाडौं । चालू आर्थिक बर्षको पहिलो ७ महिनामा देशको शोधनान्तर ९७ अर्ब ३६ करोडले बचतमा रहेको छ । कोरोनापछि अर्थतन्त्र चलायमान हुँदै आयात बढ्न थालेसँगै शोधनान्तर बचतमा गिरावट आउने थालेको हो ।

laxmi

चालू आबको पहिलो ६ महिनामा शोधनान्तर स्थिती १ खर्ब २४ अर्ब ९२ करोड रुपैयाँले बचतमा रहेकोमा ७ महिनामा आईपुग्दा साढे २७ अर्ब रुपैयाँले घट्न पुगेको छ । पछिल्लो समय देशमा भित्रने रेमिटान्स बढेपनि सोही अनुरुप आयात पनि बढ्न थालेकाले सोधनान्तर स्थिती खुम्चिन पुगेको हो । चालू आबको पहिलो ६ महिनामा नेपालले विभिन्न मुलुकबाट गर्ने आयात ४.८ प्रतिशतले घटेकोमा ७ महिनामा आईपुग्दा सामान्य बढ्न पुगेको छ ।

तर अघिल्लो अबको सोही अबधिको तुलनामा भने शोधनान्तर स्थिती बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २१ अर्ब ६१ करोडले बचतमा रहेको थियो ।

यस खुद प्रत्यक्ष वैदेशिक लगानीमा ३७.३ प्रतिशतले गिरावट आएको छ । अघिल्लो वर्षको पहिलो ७ महिनामा १४ अर्ब ३८ करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएकोमा चालू आबको सोही अबधिमा ९ अर्ब २ करोड मात्रै भित्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL