काठमाडौं । नेपाल राष्ट्र बैंकले २७ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुलाई बोलाएर गाडीलगायत विलासी वस्तुहरुको आयात रोक्न निर्देशन दिएको छ । सोमबार राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको आकस्मीक बैठक राखेर त्यस्ता वस्तुहरुको आयातका लागि प्रतितपत्र (एलसी) नखोल्न निर्देशन दिएको हो । पछिल्लो समय शोधानान्तर स्थिति लगातार घाटामा गएको, व्यापारघाटा उच्च भएको र…