Logo

दशैं विदाको सदुपयोग गर्दै हेर्नुहोस यी १० फिल्म, सेयर बजारबारे बुझ्न हुनेछन सहयोगी

दशैं विदाको सदुपयोग गर्दै हेर्नुहोस यी १० फिल्म, सेयर बजारबारे बुझ्न हुनेछन सहयोगी



काठमाडौं । दशैं विदाको सदुपयोग गर्ने आफ्नै आफ्नै तरिकाहरु हुन्छन् । त्यसमध्ये सिनेमा हेरेर धेरैले खाली समयको सदुपयोग गरिरहेको हामीले देखिरहेकै हुन्छौं । तर, यसपल्टको दशैं बिदामा भने हाम्रा पाठकहरुले अन्य सिनेम भन्दा पनि सेयर बजारलाई गहिरोसँग बुझ्नकै लागि केहि सिनेमा हेर्न सिफारिस गरेका छौं । सोहीअनुसार हामिले यो लेखमा विभिन्न १० यस्ता सिनेमा हेर्न सुझाव दिएका छौं जसबाट सेयर बजारको बारेमा भरपुर ज्ञान पाईन्छ ।

laxmi

खासगरी पछिल्लो समय सेयर बजार ओरालो लागिरहे पनि ठुलो लगानीकर्ताले यसको दोष साना लगानीकर्तालाई दिने र साना लगानीकर्ता भने ठुला लगानीकर्ताको चलखेलका कारण सानो सानो लगानी पनि डुबेको दोष दिँदै आएका छन् । खास सेयर बजारमा कसरी कारोबार हुन्छ, सेयर बजारका विभिन्न प्राविधिक पक्षहरु के–के हुन्, ट्रेडिङ कसरी हुन्छलगायतका कुराहरु भने बुझ्न जरुरी छ । जसको सहज बाटो हामीले हेर्न सुझाव दिएका सिनेमाहरु हेरेर पत्ता लगाउन सकिएला कि ?

१ वालस्ट्रिट

सन १९८७ मा निर्मित अमेरिकी ड्रामा विधाको यो सिनेमाले इन्साईडर ट्रेडिङ र अध्ययन अनुसन्धानसहितको लगानीका बारेमा छर्लङै पारिदिएको छ । सिनेमामा एक कनिष्ठ लगानीकर्ताले सानो लगानी र छोटो उमेरमै सेयरमार्फत अत्याधिक कमाउन गरेका गैर कानुनी अर्थात इन्साईडर ट्रेडिङसम्म गर्न भ्याएको कुरा खुलाईएको छ ।

द उल्फ अफ वालस्ट्रिट

सन २०१३ मा मार्टिन स्कर्सिसले निर्देशनमा बनेको यो फिल्मले पनि महत्वाकांक्षी सेयर लगानीकर्ताले ठुलो महत्वाकांक्ष राखे कसरी डुबिन्छ भन्ने सिकाएको छ । चर्चित अमेरिकी अभिनेता लियोनार्डाे डिक्याप्रीयोको अभिनय रहेको यो फिल्म जोर्डन बेलफोर्टको सत्यकथामा आधारित फिल्म हो । यसले उनको जीवनको सुरुवातीदेखि स्टक ब्रोकर कम्पनी चलाएको र अलिसान जिवनसँगै ठुलो महत्वाकांक्षाले भयावह स्थितिमा ल्याएको कुरा दर्शाएको छ ।

द बिग सट

सन २०१५ मा सार्वजनिक भएको यो सिनेमा पनि सेयर बजार बुझेरै दशैं बिदा कटाउन उपयुक्त छ । यो सिनेमामा एक लगानीकर्ताको समुहले लगानीको बाटो खोज्दै गर्दा सेयर बजारभित्र रहेको विकृति नै उजागर गरेका छन् । यहि कुरालाई सिनेमाले जोड दिएको छ ।

बोईलर रुम

ड्रामा, थ्रिलब बिधामा आधारित यो फिल्म भने सन २००० मै सार्वजनिक भएको हो । यो फिल्ममा पनि ग्योभान्नी रिबीसी, भिन डिजेललगायत चर्चित अभिनेताहरुको अभिनय देख्न सकिन्छ । जसमा कलेज ड्रपआउट केटो आफ्नो बुवाको मात्रै कमाई नपुगेर सेयरमा हात हालेको कथालाई जोडिएको छ । उसले एक सबअर्बान ब्रोकर फर्ममा काम पाउँछ । यसले उसलाई तिव्र गतिमा धनि हुने कुरा सिकाउँछ तर, जसरी सिकेको थियो त्यसरी पैसा नकमाएको कुरालाई बडो चाखलाग्दो तरिकाले यो सिनेमामा विस्तार गरिएको छ ।

मार्जिन कल

सन २०११ मा सार्वजनिक भएको यो सिनेमाले खासगरी २००८ को विश्व आर्थिक मन्दीताकाको सेयर बजारको विश्लेषण गरेको छ । खासगरी यसमा मन्दीको अवस्थामा मुख्य बैंकका बैंकरहरुको अवस्था र उनिहरुको अवस्थाले सेयरबजारमा पारेको प्रभावको खुलेर विश्लेषण गरिएको छ ।

स्क्याम १९९२

यो खासगरी भारतीय सेयर लगानीकर्ता हर्सद मेहताको जिवनीमा आधारित फिल्म हो । यसमा मेहतालाई सेयर बजारले दिएको उचाई र सेयर बजारकै कारण उनको जिन्दगी विलिन भएको कुरालाई उजागर गरिएको छ ।

बजार

बजार भारतीय चलचित्र हो । यसमा भारतीय सेयरबजारमा केहि निश्चित लगानीकर्ताको बठ्याईँ र उनिहरुले निम्त्याएको भद्रगोल क्रियाकलापलाई देखाईएको छ । सेयर बजारमा गरिएको बठ्याईँ र भद्रगोलले बजारलाई मात्रै नभई आफैलाई पनि असर गर्छ भन्ने कुरा देखाईएको छ ।

गफ्ला

यो पनि एक भारतीय फिल्म हो । यसमा पनि सेयर लगानीकर्ता हर्सद मेहताको संलग्नतामा भएको भारतकै सबैभन्दा ठुलो पैसा स्क्यामबारे वर्णन गरिएको छ । यो फिल्मले धेरै अवार्डहरु पनि हात पारेको थियो ।

कर्पाेरेट

सन २००६ मा सार्वजनिक भएको भारतीय फिल्म कर्पाेरेट दुई ठुला घरानाबीचको शक्तियुद्धको हो । यो भने नेपालमा भईरहेका विभिन्न कर्पाेरेट हाउसकै चर्तिकला बुझ्नका लागि पनि उपयोगी सिनेमा हुनसक्छ ।

द बिग बुल

भारतीय यो सिनेमा पनि हर्सद मेहताको जिवनमा आधारित सिनेमा हो । खासगरी उनले १९८० देखि १९९० को दशकसम्म गरेको फ्रडको सिलसिलालाई बडो रहस्यमय तरिकाले यो फिल्ममा देखाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL